विराटनगर । मोरङको जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेमा दाजु–भाईको विवादमा एकजनाको मृत्यु भएको छ । दाजुले छुरा प्रहार गर्दा भाइको निधन भएको छ । सीमा नजिकै घर भएका उनीहरुको विवादको कारण भने खुलेको छैन ।
प्रहरीका अनुसार ३० वर्षीय राजुकुमार साह आफ्ना भाई २८ वर्षीय श्रवण साहलाई छुरा हानेर घाईते भएका थिए । गम्भीर घाइते भएका श्रवणलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरी निरीक्षक लेखनाथ दाहालले विवाद सामान्य हुँदाहुँदै पनि छुरा प्रहार गर्दा एकजनाको निधन भएको बताएका छन् । उनका अनुसार सीमा नजिकै भएका कारण भाइलाई छुरा हानेर दाजु फरार भएका छन् । उनीहरुको घर भने अलगअलग थियो ।