एनपीएल :लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै

<span class='c1'>एनपीएल :लिग चरणको अन्तिम खेलमा आज कर्णाली</span> <span class='c2'>याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै</span>

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा आइतबार अपराह्न ३ः३० बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्ने भएका हुन् ।

छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् भने आज प्रतिष्ठाका लागि मात्र खेल्दैछन्। कर्णालीका कप्तान सोमपाल कामी हुन् भने जनकपुरका आशिफ शेख छन् । जनकपुरले अधिकांश खेलमा कप्तान परिवर्तन गर्दै आएको छ । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट भएका छन् भने काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा खेल्दैछन् ।
एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्