रामधुनीमा सिटी सफारी चालकको हत्यामा संलग्न ७ जना पक्राउ

<span class='c1'>रामधुनीमा सिटी सफारी चालकको </span> <span class='c2'>हत्यामा संलग्न ७ जना पक्राउ</span>

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकामा गत असोज २५ गते शनिबार साँझ सिटी सफारी चालकको गोली हानी हत्यामा संलग्न रहेको आरोपमा सुनसरी प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

रामधुनी नगरपालिका–२ कर्मनिया टोलका ४५ वर्षीय सिटी सफारी चालक दिनेश कुमार चौधरीको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकार र सुटरसहित ६ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा राजेश साह, नन्दकिशोर साह र मोहमद इव्रान मिया, अंकित साह, प्रिन्स कुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्याको मुख्य कारण व्यक्तिगत दुस्मनी रहेको खुलेको छ। पक्राउ परेकामध्ये राजेश साहको मृतक चौधरीसँग पुरानो रिसइबी रहेको र सोही रिसइबी साँध्न राजेशले हत्याको योजना बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्