हत्या भएको दुई महिना दुईदिनपछि अंशुको अन्त्येष्टि, पीडकको घरमा तोडफोड

<span class='c1'>हत्या भएको दुई महिना दुईदिनपछि</span> <span class='c2'>अंशुको अन्त्येष्टि, पीडकको घरमा तोडफोड</span>

विराटनगर । बलात्कारपछि विभत्स हत्या भएको दुई महिनापछि मोरङको लेटाङ नगरपालिका–२, फडानीकी अंशु गौतमको अन्त्येष्टि गरिएको छ । उनको गत असोज २१ गते बलात्कारपछि हत्या भएको खुलेको हो । हत्या आरोपमा छिमेकी पदमबहादुर अधिकारी गत मंसिर १९ गते पक्राउ परेका थिए । उनलाई प्रहरीले आइतबार सार्वजानिक गरेको हो । उनी पक्राउ परेपछि मंगलबार आफन्तले अन्तिम संस्कार गरेका हुन् ।

असोज २१ गतेदेखि वेपत्ता भएपनि अंशुको शव १८ दिनपछि कार्तिक ७ गते जंगलमा फेला परेको थियो । हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने परिवारले अडान लिएपछि बालिकाको शव अस्पतालको शव गृहमा राखिएको थियो ।

चिसाङ खोलामा धार्मिक परम्परा अनुसार अंशुको अन्तिम संस्कार गरेकै दिन मंगलबार आक्रोशित युवाले अधिकारीको घर तोडफोड गरिदिएका छन् । सँगसँगै घर भएका अधिकारीले पक्राउ परेपछि पनि उनको घरमा तोडफोड गर्ने कार्यले भने निर्दोष अन्य परिवारका सदस्यलाई पीडा पुग्ने संभावना देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्