झुम्का कारागारबाट फरार थुनुवा सुन्दरहरैंचाबाट पक्राउ

<span class='c1'>झुम्का कारागारबाट फरार</span> <span class='c2'>थुनुवा सुन्दरहरैंचाबाट पक्राउ</span>

विराटनगर । जेनजी आन्दोलनमा गत भर्दौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका एकजना थुनुवा पक्राउ परेका छन् ।

मोरङको सुन्दरहरैँचा नगरापालिका–६ का ३१ वर्षीय अजित श्रेष्ठ उनकै घरबाट बिहीबार पक्राउ परेका हुन् । लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि गत असार ३१ गते श्रेष्ठलाई झुम्का कारागार चलान गरिएको थियो । जेनजी आन्दोलनको मौका छोपेर उनी भदौ २४ गते कारागारबाट फरार भएका थिए । भागेपछि लुकिछीपी बस्दै आएका उनलाई घरबाटै पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर उनलाई कारागारको जिम्मा लगाएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्