रानी नाकाबाट प्रवेश गर्दागर्दै चारलाख ७० हजारसहित पक्राउ

<span class='c1'>रानी नाकाबाट प्रवेश गर्दागर्दै</span> <span class='c2'>चारलाख ७० हजारसहित पक्राउ</span>

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१५ भन्सार कार्यालय १ नम्बर ढाटमा भारतबाट साइकलमा प्रवेश गरेका व्यक्तिलाई चेकजाँच गर्दा साथमा चारलाख ७० हजार रुपैँया फेला पारेको छ । उक्त रकमको स्रोत नखुलेपछि विराटनगर–१५ का संजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका भइरहेको छ ।

उनी साइकलमा आइरहेका थिए । त्यसैबेला इलाका प्रहरी कार्यालय रानी र कोशी प्रदेश प्रहरी कार्यालयको टोलिले शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँच गर्दा उनको गोजीमा चारलाख ७० हजार रुपैँया फेला परेको थियो । सोधपुछ गर्दा उनले रकमको स्रोत खुलाउन सकेका थिएनन् । साइकलमा रहेका चौधरीको साथमा एकहजारका ४०० थान र पाँचसयका १४० थान नोट बरामद गरिएको थियो । उनले गोजीमा राखेको पैसा भएपनि स्रोत खुलाउन नचाहेपछि प्रहरीले पक्राउ गरेको हो ।

अहिले नेपाल प्रिमियर लिग चलिरहेको छ । त्यसैले बट्टी चलाउनेहरुले रकम बोकेर ओहोरदोहोर गर्नेहरुको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्