काठमाडौं । आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा कास्यपदक जितेका नेपालका बक्सर चन्द्रबहादुर थापा मगर आज स्वदेश फिर्ता हुँदै छन् । आइतबार उनीसहित टोली स्वदेश फिर्ता हुन लागेका हुन् ।
नेपालको बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गरी कास्य जित्ने चन्द्रबहादुर पहिलो खेलाडी हुन् ।
प्रतियोगिताको सेमिफाइनलमा उनी काजकस्तानका खेलाडी विवोसिनोसँग ५–० को स्कोरमा पराजित हुँदै चौथो स्थानमा सिमित भएका हुन् । यससँगै उनले ७५ हजार अमेरिकन डलर हात पारेका छन् । नेपालको खेलकुद इतिहासमा कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको एकल स्पर्धामा ७५ हजार अमेरिकन डलर हात पार्ने उनी पहिलो खेलाडी बनेका छन् ।