एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ गतेदेखी १९ सम्म

<span class='c1'>एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप</span> <span class='c2'>पुस ११ गतेदेखी १९ सम्म</span>

काठमाडौं । नवौं संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुसमा हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता पुस ११–१९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ ।

गत वर्ष हुन नसकेको प्रतियोगिता यसपटक आयोजना हुन लागेको अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रतियोगिताका लागि टिम दर्ता गर्न प्रदेश, जिल्ला र क्लबहरु पत्राचार गरिएको पनि अध्यक्ष चन्दले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेता २ लाख ५० हजार र तेस्रो स्थानमा हुनेले १ लाख २५ हजार पाउने छन् । यो प्रतियोगिताबाट उत्कृष्ट ८ पुरुष र उत्कृष्ट ६ महिला टिम दशौं पिएम कप, एनभिए महिला तथा पुरुष लिगमा छनोट हुनेछन् । टिम दर्ताका लागि पुस ५ गतेसम्म समय तोकिएको महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्