सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग-बीपीएल खेल्ने

<span class='c1'>सन्दीप लामिछानेले बंगलादेश</span> <span class='c2'>प्रिमियर लिग-बीपीएल खेल्ने</span>

स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग-बीपीएल खेल्ने भएका छन् ।

सन्दीपलाई राज शाही वारियर्सले आबद्ध गरेको हो । राज शाहीले आइतबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई अनुबन्धन गरेको जानकारी दिएको हो । यो टिममा न्युजील्यान्डका जिम्मी निसम पनि छन् । निसमले शनिबार सम्पन्न दोस्रो सिजनको नेपाल प्रिमियर लिग-एनपीएलमा पोखरा एभेन्जर्सबाट खेलेका थिए ।

सन्दीप यो सिजन एनपीएलको सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनको कप्तानीमा रहेको विराटनगर किंग्स क्वालिफायर दुईमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । सन्दीपले यसअघि सन २०१८-१९ को सिजनमा सिलेट सिक्सर्स बाट बीपीएल खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्