विराटनगर। विराटनगर मा आमंत्रण भेट्रान टेबल टेनिस प्रतियोगिता-२०२५ सम्पन्न भएको छ। विराटनगर टेबल टेनिस क्लब द्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न भेट्रान उमेर समूह र जुनियर उमेर समुहका प्रतिस्पर्धीहरु सामेल थिए ।
स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको कभर्ड हलमा भेट्रान सिङल्स ५०+, भेट्रान सिङल्स ४०+, भेट्रान डबल्स, कक्षा ६-७ सम्मिलित सब जुनियर ब्वाइज तथा गर्ल्स, कक्षा ४-५ सम्मिलित क्याडेट ब्वाइज तथा गर्ल्स र कक्षा ३ सम्मको क्याडेट ब्वाइज सिङल्स गरि जम्मा ८ ओटा इभेन्टमा प्रतिस्पर्धा भएको छ । भेट्रान सिङल्स ५०+ इभेन्टमा काठमाडौका कपूर शर्मा प्रथम, दार्जिलिङ भारतका बिमल गुरुङ द्वितीय, बिराटनगरका सन्तोष प्रधान र सिक्किमका मदन कुमार प्रधान संयुक्त रुपमा तृतीय भए ।

भेट्रान सिङल्स ४०+ इभेन्टमा बिराटनगरका सरोज पौडेल प्रथम, बिराटनगरका विवेक अग्रवाल द्वितीय , बिराटनगरकै उपकार श्रेष्ठ र अररिया भारतका चन्दन कुमार ठाकुर संयुक्त रुपमा तृतीय भए । भेट्रान डबल्स ५०+ इभेन्टमा बिराटनगरका अनुज बानियाँले प्रथम, दार्जिलिङ भारतका बिमल गुरुङ द्वितीय, बिराटनगरका सन्तोष प्रधान र सिक्किमका मदन कुमार प्रधानका साथै नितेश गोतानी र विवेक अग्रवाल संयुक्त रुपमा तृतीय भए ।

सब-जुनियर ब्वाइज सिङल्स (कक्षा ६-७) तर्फ बुढानिलकण्ठ स्कुलका आयान श्रेष्ठ प्रथम, डिएभी स्कुलका विवान अग्रवल द्वितीय, बुढानिलकण्ठ स्कुलकै प्रेम राज थापा र पोखरीया स्कुलका रक्ष बुढा संयुक्त रुपमा तृतीय भए । सब-जुनियर गर्ल्स सिङल्स (कक्षा ६-७) तर्फ बिकेभिएम स्कुलकी रोशिका घिमीरे प्रथम, बुढानिलकण्ठ स्कुलकी मानसी तामाङ द्वितीय, श्री रविशंकर स्कुलकी प्राप्ति सेढाइ र सेन्ट मेरिजकी प्रबिज्ञा बस्नेत संयुक्त रुपमा तृतीय भए ।

क्याडेट ब्वाइज सिङल्स (कक्षा ४-५) तर्फ बिकेभिएम स्कुलका आदर्श गुप्ता प्रथम, बुढानिलकण्ठ स्कुलका आभाष लामिछाने द्वितीय, श्री श्री रविशंकर स्कुलका खेलाडीद्वय आयाम बुढाथोकी र रुद्रान्स सुलभ सापकोटा संयुक्त रुपमा तृतीय भए । क्याडेट गर्ल्स सिङल्स (कक्षा ४-५) तर्फ अरनिको स्कुलकी स्वर्णिमा कोइराला प्रथम, अरनिको स्कुलकै साइना अधिकारी द्वितीय, सेन्ट मेरिज स्कुलकी सुमेधा पराजुली र पिटर प्यान प्ले पेन स्कुलकी लावन्या अग्रवाल संयुक्त रुपमा तृतीय भए ।
मिनी क्याडेट ब्वाइज सिङल्स (कक्षा ३ सम्म) तर्फ पिटर प्यान प्ले पेन स्कुलका नीर जंग थापा प्रथम, अरनिको स्कुलका प्रशान्त मण्डर द्वितीय, एभरेष्ट स्कुलका रेयान्श गुप्ता र डिपिएस स्कुलका आयान झुनझुनवाला संयुक्त रुपमा तृतीय भए ।