विराटनगरकी उपमेयर शिल्पा जिल्ला अधिवेशनमा हार केन्द्रीय महाधिवेशनमा विजयी

<span class='c1'>विराटनगरकी उपमेयर शिल्पा जिल्ला अधिवेशनमा</span> <span class='c2'>हार केन्द्रीय महाधिवेशनमा विजयी</span>

विराटनगर । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले मोरङ जिल्लामा भएको अधिवेशनमा पराजित भएकी थिईन् । तर एमालेको केन्द्रीय महाधिवेशनमा भने विजयी भएकी छिन् ।

नेकपा एमालेको मोरङ जिल्ला कमिटीमा पराजित भएकी जिल्ला तहको नेतृत्वमा पराजित भएको केही महिनामै उनी एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा कार्कीले १ हजार ७ सय ४३ मत प्राप्त गर्दै केन्द्रीय सदस्य (खुला) पदमा जित हासिल गरेकी हुन् । गत फागुनमा सम्पन्न एमाले मोरङको जिल्ला अधिवेशनमा कार्की उपसचिव पदमा उम्मेदवार थिइन, तर पराजित भइन् ।

जिल्ला तहमा पराजित भए पनि उनलाई संस्थापन पक्ष केपी शर्मा ओली समूहले सिधै केन्द्रीय सदस्यको उम्मेदवार बनाएको थियो। अध्यक्ष ओलीको विश्वासिलो पात्रका रूपमा चिनिने कार्कीले केन्द्रीय महाधिवेशनमा भने सम्मानजनक मतका साथ जित हात पारेकी छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा दलहरूको बलियो गठबन्धनका बीच पनि कार्की विराटनगर महानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्