एमालेमा इमान्दार बराल, चुनाव जित्दैनन्–अवसर पाइरहन्छन्

<span class='c1'>एमालेमा इमान्दार बराल,</span> <span class='c2'>चुनाव जित्दैनन्–अवसर पाइरहन्छन्</span>

विराटनगर । एमालेमा अनवरत सक्रिय छन्, गुरु बराल । उनी लामो समयदेखि आफ्नो जीवन सक्रियतापूर्वक एमालेमा दिइरहेका छन् । मोरङका बराललाई कुनैबेला जिल्लाको संगठकको पर्याय मानिन्थ्यो । त्याग, निष्ठा र इमानदार नेता मानिन्छन् । उनका कुरा लामो हुने गरेपनि त्यसको महत्व भने सकारात्मक नै हुने गर्दछन् । सायद उनलाई इमान्दार नै छन् भनेर अवसर दिएको पनि हुनसक्छ तर चुनावको अंकगणित उनका लागि जोडिदैन ।

उनी विकास राजनीति र नीतिगत अनुसन्धान रुची राख्छन् । भविष्य हेरेर केहि गर्नुपर्छ भन्ने कुरामा उनको स्पष्ट बुझाई हुन्छ । योजना बनाउँदा पनि उनले लामो अवधीलाई हेरेर बनाउँछन् । तर, उनी निर्वाचनमा जाँदा जित निकाल्न सक्दैनन् । केपी ओली निकट रहेर यस पटक उपाध्यक्षमा उमेदवारी दिएका उनी हारे । यो हारले उनलाई सुवास नेम्वाङको स्थानमा राखेर गरिएको मनोनित फापेन ।

एघारौं महाधिवेशनमा उपाध्यक्ष उमेदवार भएपछि उनी केन्द्रीय राजनीतिमा प्रभावशाली रुपमा स्थापीत हुने अवस्थामा थिए । तर, १ हजार १३७ मत उनले पाए । जबकी उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले १ हजार ७३७, विष्णुप्रसाद पौडेलले १ हजार ६७५ रामबहादुर थापा बादल १ हजार ५१६, गोकर्णराज विष्ट १ हजार ३६८ र रघुजी पन्त १ हजार २५८ मत ल्याएर निर्वाचित हुन पुगे । सबै ओलीका प्यानलबाट उमेदवार निर्वाचित हुँदा बराल हारे । उपाध्यक्षमा इश्वर पोखरेल प्यानलका गोकर्णराज विष्ट निर्वाचित भए ।

त्यति मात्रै हैन २०७८ माघमा राष्ट्रियसभा निर्वाचनमा उनलाई उमेदवार बनाइएको थियो । आफ्नै पार्टीका दुई प्रदेश सांसदले मत नदिएका कारण उनी पराजीत हुनु परेको नमिठो स्मरण उनीसँग छ । मतभार नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेतसँग बराबरी हुँदा गोलाप्रथाबाट उनी हार खान पुगे । त्यसपछि एघारौं महाधिवेशन उनका लागि अझै बिर्सनयोग्य बन्यो ।

हुनत बरालमा सबै कुरा सहि भएपनि २०५१ को उपनिर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट जित हाँसिल गरेदेखि अहिलेसम्म खुशी छैन । कम निराश हुने भएका कारणले पनि हुनसक्छ उनी २०५१ सहित हालसम्म पाँचपटक उम्मेदवार बन्दा चार पटक पराजीत भइसकेका छन् । २०५६ मा मोरङ–६, २०६४ को संविधानसभामा मोरङ–४ र २०७० मा मोरङ–३ पराजित भएका थिए । २०७८ मा राष्ट्रियसभा र एघारौं महाधिवेशनमा पार्टीको उपाध्यक्षमा पराजीत पनि हुन परेको छ । उपाध्यक्ष मात्रै नभएर केन्द्रीय सदस्यमा पनि उनलाई मत संख्या पुगेन । उनले पदाधिकारीमा हार खेप्नु पर्दा केन्द्रीय सदस्यमा मन राखिदिने मतदाता पनि पाएनन् । उनका लागि जम्मा ७५४ मत मात्रै प्राप्त भयो । यो जित्नका लागि ५० प्रतिशत नै कम हो । किनकी केन्द्रीय सदस्यमा निर्वाचित हुनेले १ हजार ५०० बढी मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्