रहस्यमय दुईवटा घटना अनुसन्धान गर्ने तीनजना प्रहरी मंसिर महिनाको सर्वोकृष्ट

<span class='c1'>रहस्यमय दुईवटा घटना अनुसन्धान गर्ने</span> <span class='c2'>तीनजना प्रहरी मंसिर महिनाको सर्वोकृष्ट</span>

विराटनगर । रहस्यमय दुई अपराधका घटना अनुसन्धान गर्ने तीनजना प्रहरीलाई कोशी प्रदेश प्रहरी कार्यालयले मंसिर महिनाको सर्वोत्कृष्ट सम्मान दिएको छ । जसमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरीमा कार्यरत प्रहरी सहायक निरीक्षक नमराज कार्की र कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार टिकाराम निरौला रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय सुनसरी र मोरङमा दुई हत्या अपराधमा संलग्नहरुलाई अनुसन्धानमार्फत पहिचान गर्न सफल भएकोमा उनीहरुलाई सर्वोकृष्ट घोषित गरेको हो । यो प्रहरीमा कार्यकुशलता मूल्यांकन गर्ने मासिक प्रणाली नै हो ।

तर, सर्वोकृष्ट घोषित गरिएकामध्ये प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्कीले सुनसरीको रामधुनी नगरपालिका–२ का सिटी सफारी चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई गोली प्रहार गरी हत्या गरेको घटनाको मुख्य योजनाकार नन्दकिशोर साह सहित ७ जनालाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन मुख्य भूमिका निर्वाह गरेवापत भएका हुन् ।

यसैगरी प्रहरी सहायक निरीक्षक नमराज कार्की र प्रहरी सहायक हवल्दार टिका राम निरौलाले मोरङको लेटाङ नगरपालिका–२ का नविन गौतमको छोरी १२ बर्षीया अंशु गौतमको हत्या भएको घटनाको अनुसन्धानको क्रममा महत्वपूर्ण भूमिकामार्फत संलग्न लेटाङ–२ का पदम बहादुर अधिकारीलाई नियन्त्रणमा लिन सफल भएकोमा सर्वोकृष्ट घोषणा गरिएको हो । रामधुनीका चौधरी र लेटाङकी अंशुको हत्या भएको लामो समयपछि मात्रै संलग्नको पहिचान भएको थियो । यी दुवै हत्या रहस्यमय भएका कारण प्रहरीलाई समय लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्