आज विश्व ध्यान दिवस मनाइँदै

<span class='c1'>आज विश्व ध्यान</span> <span class='c2'>दिवस मनाइँदै</span>

काठमाडौं । आज डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो ।सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको छ ।विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउने उद्देश्य राख्दछ।

यो दिन विशेषगरी तनाव व्यवस्थापन, आत्मचिन्तन, र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन ध्यान कार्यक्रम, सेमिनार, र कार्यशालाहरू आयोजना गरिन्छ ।नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्न सम्बन्धित निकायहरु, संघ संस्थाहरु प्रयास गरिरहेका छन् । यस दिवसको अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्