अल जेनजी मुभमेन्टले अघि सार्यो सर्वपक्षीय राष्ट्रिय सरकारको माग

<span class='c1'>अल जेनजी मुभमेन्टले अघि सार्यो</span> <span class='c2'>सर्वपक्षीय राष्ट्रिय सरकारको माग</span>

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन नसक्ने भन्दै अल जेनजी मुभमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अल जेन मुभमेन्ट नेपालले गरेको शान्तिपूर्ण प्रदर्शनमा धरपकड गर्नु गैरन्यायीक भएकोसमेत आरोप लगाएको छ । अल जेन मुमेन्टका मेग खत्रीले आफूहरुले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड गरेको भन्दै आक्रोश व्यक्त गरे । खत्रीले वर्तमान सरकारले पूरानै सरकारको जस्तै भ्रष्टाचार र बेथितिलाई निरन्तरता दिएपछि प्रदर्शन गरेको बताउँदै भने, ‘हामीले हिजो सिंहदरबारको दक्षिण गेटमा गरेको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्नु गैरन्यीक भएन र ।' हरिकृष्ण गजुरेलले वर्तमान सरकार पनि पुरानै शैलीमा गएको भन्दै आफूहरुले अल जेन मुमेन्टमार्फत देशलाई नयाँ निकास दिने दाबी गरे । गजुरेलले जेनजीहरुले गरेको ऐतिहासिक आन्दोलनको बलबाट बनेको सरकारले पुरानै सरकारले जस्तै भ्रष्टहरुलाई नै संरक्षरण गरेको आरोप लगाउँदै भने, ‘सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर सर्वपक्षीय राष्ट्रिय सरकार बनाउनुको विकल्प छैन ।’

माधव ठकुरीले जेनजीले नै बनाएको सरकार उनीहरुले उठाएका मागकै विरुद्धमा भएकोले देशमा थप द्वन्द्व चर्किनेप्रति चिन्ता व्यक्त गरे । सरकार र जेनजी मिलेर देश बनाउनुको सट्टा उनीहरुबीच नै तिक्तता हुनु दुर्भाग्य भएको बताउँदै भने, ‘सुशीला सरकार भर्षेश मिराज जेनजी हुनु देश संकटतिर जानु जस्तै हो ।’डा.शम्भू पोखरेलले शान्तिपूर्ण प्रदर्शनमा सरकारले धरपकड गरेकोमा गैर कानुनी भएकाले सरकारले माफी माग्नुपर्ने माग गरे । जनक थापाले सरकारले संविधान प्रदत्त अधिकार कुण्ठित गर्दै जाँदा जेनजीको भन्दा ठूलो विद्रोह गर्ने चेतावनी दिए ।

अशोक रानामगरले राष्ट्रिय मुक्तिको लागि अल जेन मुमेन्टले नेतृत्व लिएर राजीतिक निकास दिने दाबी गरे । आइतबार अल जेन मुमेन्टले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा हरिकृष्ण गजुरेल, माधव ठकुरी, अशोक रानामगर, जनक थापलाई प्रहरीले गिरफ्तार गरेर सिंहदरबार प्रहरि वृत्त अनामनगरमा अनामनगरमा लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्