आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ

<span class='c1'>आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान</span> <span class='c2'>विन्दु हो : मन्त्री घिसिङ</span>

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दुको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

विहीबार उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहमा उनले फागुन २१ को चुनावलाई, चुनावको रुपमा मात्रै नभइ नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु बनाउनेतर्फ सबै अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘अहिले देशमा चुनावको माहोल बढि रहेको छ । जेनजी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ, अवस्था जुन हिसाबले बनेको छ त्यसको मुल दायित्व भनेको चुनाव गर्ने हो । फागुन २१ मा चुनाव गर्ने हो । चुनावलाई, चुनावको रुपमा मात्रै होइन नयाँ शक्तिहरुको उदयको प्रस्थानविन्दु पनि हुनुपर्छ भन्नेसबैले कामना गर्नुपर्छ र यसतर्फ अगाडि बढ्नुपर्छ ।’ यस्तै, उनले देशमा सुशासन स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, समृद्धिको लागि अगाडि बढ्ने मागमा जेनजी आन्दोलन भएको भन्दै यसको परिणाम राम्रो आएन फेरि पनि पूरानै अवस्थामा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुन नसक्ने बताए । उनले भने, ‘सबै देशभित्र र देशबाहिरका सम्पूर्ण नेपालीहरुले अब एकताबद्ध भएर नयाँ शक्ति, नयाँ नेतृत्वहरुको समूह अगाडि बढ्नुपर्छ । युवा पुस्ता नेपालको समृद्धि र सुशासनका लागि अगाडि बढ्नुपर्छ । जेनजी आन्दोलनको माग पनि यही हो । देशमा सुशासन स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, देशको समृद्धिको लागि अगाडि बढ्ने जुन मागमा जेनजी आन्दोलन भयो, धेरै धनजनको क्षति भयो, कति शहीद भए, कति घाइते भए यसको परिणाम राम्रो आएन फेरि पनि पूरानै अवस्थामा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुन सक्दैँन् ।’

देशलाई समृद्धतर्फ लैजान नयाँ युवा पुस्ता र नयाँ शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि उनको भनाइ छ ।
उनले भने, ‘देशलाई माथि लैजान वा समृद्धतर्फ लैजान नयाँ पुस्ता वा युवा पुस्ता र नयाँ शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । त्यसकारण यसतर्फ सम्पूर्ण नयाँ शक्ति र व्यक्तित्व जसले यो देशमा केही गरौ भनेर काम गरिरहेको छन्, उनीहरु सबै एक भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्