रौतहटमा ज्योति डिस्टिलरीमा बोइलर विष्फोट : १ को मृत्यु, ५ घाइते

<span class='c1'>रौतहटमा ज्योति डिस्टिलरीमा बोइलर विष्फोट :</span> <span class='c2'>१ को मृत्यु, ५ घाइते</span>

रौतहट । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर विष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि उनीहरूलाई वीरगञ्जतर्फ थप उपचारका लागि पठाइएको छ। मृतक र घाइतेहरूको पहिचान अझै खुल्न बाँकी रहेको छ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक धर्मेन्द्र पौडेलका अनुसार प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ।
विष्फोट शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ। घटनापछि स्थानीयहरू त्रसित बनेका छन् भने थप क्षति नहोस् भनी सुरक्षाकर्मीले क्षेत्र नियन्त्रणमा लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्