इतिहास जोगाउन ललितकलाको प्रशंसनीय काम

<span class='c1'>इतिहास जोगाउन ललितकलाको</span> <span class='c2'>प्रशंसनीय काम</span>

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपाली कला र कलाकारहरुको इतिहासलाई जोगाउनको लागि विभिन्न पुस्तकहरु प्रकाशन गरिरहेको छ ।

प्रतिष्ठानले पश्चिमी कला, नेपाली कला, नेपाली चित्रकला, नेपाली मूर्तिकला, नेपाली हस्तकला तथा लोककलाको विषयमा विभिन्न पुस्तकहरु प्रकाशन गरेर कला संरक्षणमा पनि भूमिका निर्वाह गरिरहेको छ । सम्बन्धित विभागले लेखकहरुलाई शोधवृत्ति प्रदान गर्दै आइरहेको छ भने त्यस अनुरुप कला इतिहासकार तथा कला समीक्षकहरुले आफ्ना विषयहरुमा अध्ययन र अनुसन्धान गरी पुस्तक तयार गर्छन् जसलाई प्रतिष्ठानले प्रकाशित गर्दछ । प्रतिष्ठानले कला विषयक जर्नल र म्यागजिनहरु पनि प्रकाशन गर्दै आइरहेको छ ।

प्रतिष्ठानको एउटा मुख्य उद्देश्य भनेको कलाकार तथा दर्शकहरुमा कलासम्बन्धी नवीन र सृजनात्मक जानकारी तथा सूचनाहरुको प्रसार गर्नु पनि रहेको छ । प्रतिष्ठानका प्रकाशनहरुले यस उद्देश्य प्राप्तिमा ठूलो योगदान दिइरहेका छन् भने प्रकाशित सामग्रीहरुले नेपाली कला र कलाकारहरुको इतिहासलाई पनि अभिलिखित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्