कोशीमा पर्यटनको अपार सम्भावना, समन्वय–ब्रान्डिङमा जोड

<span class='c1'>कोशीमा पर्यटनको अपार</span> <span class='c2'>सम्भावना, समन्वय–ब्रान्डिङमा जोड</span>

विराटनगर । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।

छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र चुनौतीबारे प्रस्तुति दिँदै कृषि, संस्कृति, पदयात्रा र आतिथ्यसँग जोडिएको पर्यटनबाट जनस्तरसम्म लाभ पुर्‍याउन सकिने बताए । पर्यटन सेवामूलक उद्योग भएकाले यसमा मानव जनशक्तिको भूमिका महत्वपूर्ण हुने उनले स्पष्ट पारे ।
नेपाल पर्यटन बोर्ड संघीय संरचनामा रहेर २६ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएको उल्लेख गर्दै खनालले आन्तरिक पर्यटन, उत्सव(महोत्सव प्रवद्र्धन र ब्रान्डिङमा समेत बोर्ड सक्रिय रहेको बताए । “नेपालको पर्यटन ब्रान्ड हिमाल हो, तर यससँगै कला, संस्कृति र पदयात्राको अनुभव पनि पर्यटकका लागि ठूलो आकर्षण हो,” उनले भने ।
उनले पर्यटन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गरिरहेको उल्लेख गर्दै प्रदेशस्तरमै स्पष्ट ब्रान्ड र आकर्षक प्याकेज विकास गर्नुपर्नेमा जोड दिए ।

उद्घाटन सत्रमा बोल्दै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपालमा थोरै दूरीमा नै फरक(फरक मौसम र भूगोल अनुभव गर्न सकिने विशेषता रहेको बताए । प्राकृतिक सुन्दरता र धार्मिक महत्वले नेपालमा पर्यटनबाट ठूलो रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले प्रचार(प्रसारको अभाव चुनौती बनेको बताए । सामाजिक सञ्जालको प्रभावकारी प्रयोग आवश्यक रहेको उनको धारणा थियो ।

कोशी प्रदेशको पर्यटन सम्भावनाबारे पर्यटन व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक भविषकुमार श्रेष्ठले प्रस्तुति दिए । उनले कोशी प्रदेशको आधार नै पर्यटन भएको भन्दै प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाबाट अझै धेरै अवसर सिर्जना गर्न सकिने बताए ।
“विभिन्न जातजातिका सांस्कृतिक महोत्सव र उत्सवलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिन्छ,” उनले भने । भारतसँगको सामिप्यतालाई अवसरका रूपमा उपयोग गर्दै बिहार, बंगाल र उत्तर प्रदेशबाट पर्यटक भित्र्याउन सकिने र क्रस–बोर्डर टुरिजमको ठूलो सम्भावना रहेको बताए ।
विराटनगर विमानस्थलबाट भुटान, म्यानमार र बंगलादेशसम्मको हवाई सम्पर्क विस्तार गर्न सके पर्यटन क्षेत्र चलायमान गराउन टेवा पुग्ने उनको भनाइ थियो ।

कोशी प्रदेश पर्यटनसम्बन्धी प्यानल छलफलको सहजीकरण कृष्ण साहले गरेका थिए । प्यानलमा कोशी प्रदेश पर्यटन मन्त्रालयका सचिव डा। इन्द्रप्रसाद सापकोटा, होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठ, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव आकाश दुलाल र आईएसएमटी कलेजकी अध्यापिका श्रृजा पोखरेल सहभागी थिए ।

छलफलमा व्यवसायी दुलालले हालैको आन्दोलनका कारण होटल क्षेत्रमा भएको क्षति, इन्स्योरेन्स प्रक्रिया र सरकारी सहुलियत नपाएको बताउँदै भने,‘‘हामीले होटल पुर्ननिर्माण गरेर संचालन नै गरिसकेपछि सुविधा पाइने भयो भनेर सूचना पाइयो । तर, त्यसअघि सरकारका निकाय धाउँदा धाउँदा थाकिएको थियो ।’’ पर्यटन मन्त्रालयका सचिव सापकोटाले निजी क्षेत्रले कठिन अवस्थामा पनि धैर्य देखाएको भन्दै प्रदेश सरकारले नीतिगत रूपमा राहत र सहजीकरण गर्ने प्रयास गरिरहेको बताए । प्राकृतिक रुपमा रहेका पर्यटन क्षेत्रको प्रचार गरेमात्र पनि ठूलो उपलब्धि लिन सक्ने र यसमा निजीक्षेत्र सँग साथै हिंड्न सरकार तयार रहेको बताए ।

पोखरेलले पर्यटन क्षेत्रमा करियरको सम्भावनाबारे विद्यार्थीमा जानकारीको अभाव रहेको उल्लेख गर्दै नेपालमै अवसर सिर्जना गर्न सकिने सन्देश दिनुपर्ने बताइन् ।
होटल एसोसिएसनका केन्द्रीय सदस्य राजन श्रेष्ठले विराटनगरलाई भारतीय पर्यटकका लागि गेटवेका रूपमा विकास गर्न सकिने भन्दै पदयात्रा, साहसिक पर्यटन र होटल उद्योगमा युवालाई जोड्नुपर्ने धारणा राखे । श्रेष्ठले कोशी प्रदेशमा समेत ठूलाठूला होटल निर्माण हुने क्रम बढेको जानकारी दिए ।

छलफलले कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना रहे पनि त्यसका लागि स्पष्ट ब्रान्डिङ, समन्वय, पूर्वाधार र प्रभावकारी प्रचार आवश्यक रहेकोमा विज्ञ तथा प्यानलिष्टको निष्कर्ष थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्