चीन र जापानबीचको कूटनीतिक विवादपछि जापानको पर्यटन उद्योग प्रभावित

<span class='c1'>चीन र जापानबीचको कूटनीतिक विवादपछि</span> <span class='c2'>जापानको पर्यटन उद्योग प्रभावित</span>

एजेन्सी । चीन र जापानबीचको कूटनीतिक विवादको परिणामले जापानको पर्यटन उद्योगलाई नकारात्मक असर परेको छ ।

गत महिना, जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा चिनियाँ मुख्य भूमिको काल्पनिक आक्रमणले टोकियोबाट सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ भनेको विषयलाई चीनले आक्रामक रुपमा लिएको थियो । चीनले ताकाइचीको टिप्पणीको तुरुन्तै खण्डन गरेपनि चिनियाँ जनताले जापानी उत्पादन र सेवाहरूको ठूलो मात्रामा रद्द समेत गरेका थिए । जसका कार।ण सबैभन्दा गम्भीर रूपमा प्रभावित क्षेत्रहरू मध्ये एक जापानको पर्यटन उद्योग हो । जुन स्थानीय मिडियाले कोभिड–१९ को समयमा भएको गिरावट जस्तै हालको अवस्था भएको रिर्पोटिङ गरेका छन् । ओसाकादेखि ओकिनावासम्म, आगमन उडानहरू, होटलहरू, भ्रमणहरू, किनमेल र रेस्टुरेन्टहरूले आरक्षण र राजस्वमा गिरावट आएको रिपोर्ट गरिरहेका छन्।

स्थानीय व्यवसायीका अनुसार पर्यटकहरूको संख्यामा स्पष्ट कमी आएको र व्यक्तिगत पर्यटकहरूको संख्या ५० प्रतिशतभन्दा बढीले घटेको छ। जापान पर्यटन एजेन्सीले जारी गरेको तथ्याङ्क अनुसार, वर्षको पहिलो तीन त्रैमासिकमा चिनियाँ मुख्य भूमि र हङकङ विशेष प्रशासनिक क्षेत्रका पर्यटकहरूले जापानमा भएको कुल आन्तरिक पर्यटन खर्चको लगभग ३० प्रतिशत योगदान पु¥याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्