टिकटक विवादमा सबै पक्षको हित मिल्ने समाधान खोज्दै चीन

<span class='c1'>टिकटक विवादमा सबै पक्षको हित</span> <span class='c2'>मिल्ने समाधान खोज्दै चीन</span>

काठमाडौं । चीनले टिकटकको अमेरिकी स्वामित्वसम्बन्धी विषयमा चिनियाँ कानुन र नियम पालना हुने र सबै पक्षको हित मिल्ने समाधान चाहेको जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले टिकटकले तीन जना लगानीकर्तासँग सम्झौता गरी अमेरिकामा संयुक्त कम्पनी खोल्ने तयारी गरेको भन्ने समाचारपछि यस्तो प्रतिक्रिया दिएको हो ।

मन्त्रालयका अनुसार चीन र अमेरिकाका राष्ट्राध्यक्षबीच भएको टेलिफोन वार्तापछि दुवै देशका आर्थिक र व्यापारिक टोलीहरूले टिकटकको विषय शान्तिपूर्ण र आपसी समझदारीका आधारमा समाधान गर्ने प्रारम्भिक सहमति गरेका थिए । चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङछियानले सम्बन्धित कम्पनीहरूले चिनियाँ कानुनको पालना गर्दै सबै पक्षलाई फाइदा हुने समाधान निकाल्ने अपेक्षा चीनले राखेको बताए ।

उनले अमेरिकाले पनि चीनसँग सहकार्य गर्दै आफ्ना प्रतिबद्धता पूरा गर्ने र चिनियाँ कम्पनीहरूलाई अमेरिकामा निष्पक्ष, खुला र भेदभावरहित व्यावसायिक वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरे । चीनले टिकटकसम्बन्धी विषय समाधान भए चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्ध अझ स्थिर, राम्रो र दिगो हुने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्