बिरामी बोक्नुपर्ने एम्बुलेन्स लागुऔषध कारोबारीको सवारी

<span class='c1'>बिरामी बोक्नुपर्ने एम्बुलेन्स</span> <span class='c2'>लागुऔषध कारोबारीको सवारी</span>

विराटनगर । मोरङको केराबारी गाउँपालिका–५ लाफाटोलमा प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले रोक्न खोज्यो । प्रहरीलाई पूर्व सुचना प्राप्त भएको थियो, बिरामी बोक्ने एम्बुलेन्स लागुऔषध गाँजा कारोबारीको सवारी भएको छ । त्यसभित्र गाँजा लोड गरिएको भन्ने सुचनाका आधारमा इलाका प्रहरी बेलबारीका प्रहरी निरीक्षक राजीव गिरी र इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी सहायक निरीक्षक फजिन्द्र तोलाङगीको टोलिले पिछा गरिरहेको थियो ।

त्यहि क्रममा लाफा टोलमा छेकेबार लगाएर प्रहरीले रोकेपछि दुईजना व्यक्ति निस्किेर भागेका थिए । मोरङ प्रहरीका प्रवक्ता कोपिला चुँडालका अनुसार सूचना अनुसार प्रहरीले रेकी गरिरहेको थियो । चेकजाँच गरेर नियन्त्रणमा लिन खोज्दा एम्बुलेन्स चालक धनकुटा शहिदभुमि गाउँपालिका ६ का ३५ वर्षीय निश्चल राई र साँगुरिगडी गाउँपालिका २ का २० वर्षीय खगेन्द्र लिम्बु भागेका थिए । त्यसपछि प्रहरीले एक राउण्ड गोली हानेर उनीहरुलाई समेत नियन्त्रणमा लिइएको थियो ।

एम्बुलेन्स पूर्वप्रधानमन्त्री स्वर्गिय सुर्य बहादुर थापा नामबाट स्थापना गरिएको प्रतिष्ठानको हो । यो शहीदभूमि गाउँपालिका १ खाल्सा छिन्ताङ घनकुटाबाट संचालित रहेको छ । यसभित्र १६ पोका गाँजा प्रहरीले बरामद गरेको छ । घटनाको सन्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्