भारतबाट उद्धार गरिएका मधेसका सात नेपाली बालबालिका नेपाल ल्याउने तयारी हुँदै

<span class='c1'>भारतबाट उद्धार गरिएका मधेसका सात नेपाली</span> <span class='c2'>बालबालिका नेपाल ल्याउने तयारी हुँदै</span>

काठमाडौं । भारतका विभिन्न स्थानबाट सात जना नेपाली वालवालिकाहरुको उद्धार गरिएको छ । नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती वालवालिकाहरुको उद्धार गरिएको हो ।

जोशीका अनुसार भारत विहारका विभिन्न क्षेत्रमा जोखिमयुक्त अवस्थामा रहेका उनीहरुलाई उद्धार गरी नेपाल ल्याउन लागिएको हो । विहारमा रहेका उनीहरु सबै मधेश प्रदेशका छन् । ‘उनीहरुलाई हामी स्वदेश फिर्ती गराउन लागेका छौं, सबै बालबालिकाहरू मधेस प्रदेशका रहेका छन् । परिवारसँगको पुनःमिलन गराउने कार्यक्रम राखिएको छ । यही बुधबार मधेस प्रदेश डिआइजी कार्यालयमा उनीहरुलाई परिवारसँग पुनःमिलन गराउनेछौं,’ जोशीले भने । जोशीकै अगुवाइमा केही साताअघि भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्