कस्तो रहला आजको मौसम ? विराटनगरमा ५ दिनदेखी घाम देखिएको छैन

<span class='c1'>कस्तो रहला आजको मौसम ? विराटनगरमा</span> <span class='c2'>५ दिनदेखी घाम देखिएको छैन</span>

विराटनगर । हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यता कोशी प्रदेशको राजधानी विराटनगरमा गत शनिबारदेखी घाम देखिएको छैन । विराटनगरमा विहानैदेखी बाक्लो हुस्सु र चिसो सिरौटो लागेसँगै जनजिवन प्रभावित बन्दै आएको छ ।

आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्