बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

<span class='c1'>बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको</span> <span class='c2'>८० वर्षको उमेरमा निधन</span>

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको मंगलबार बिहान निधन भएको छ । ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत अवस्थामा उनको ८० वर्षको उमेरमा मृत्यु भएको नेसनलिस्ट पार्टीले जनाएको छ ।

पार्टीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ६ बजे, फजरको नमाजपछि खालिदा जियाको निधन भएको हो । नेस्नलिस्ट पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनको मृत्युको पुष्टि गर्दै आत्माको शान्तिका लागि प्रार्थना गर्न सबैसँग आग्रह गरेको छ । खालिदा जियालाई नोभेम्बर २३ मा फोक्सोको संक्रमणका कारण एभरकेयर अस्पतालमा भर्ना गरिएको थियो । उनी लामो समयदेखि मुटुरोग, मधुमेह, गठिया, कलेजोको सिरोसिस तथा मिर्गौला सम्बन्धी समस्यालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिइन् । यसै महिनाको सुरुमा उनलाई थप उपचारका लागि लन्डन पठाइएको थियो । उनको निधन बंगलादेशका लागि संवेदनशील राजनीतिक समयमा भएको छ । देश सन् २०२६ को फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनको तयारीमा रहेको छ भने गत वर्षको ‘जुलाई आन्दोलन’पछि राजनीतिक तनाव बढेको अवस्था छ ।

खालिदा जियाको निधन उनका छोरा तथा नेस्नलिस्ट पार्टीका नेता तारिक रहमान स्वदेश फर्किएको केही समयपछि भएको हो । तारिक रहमान सन् २००७–०८ मा पक्राउ परेपछि देश छाडेर लन्डनमा बस्दै आएका थिए । अघिल्लो वर्ष शेख हसिनाको सरकार हटेपछि उनीमाथि आवामी लिग शासनकालमा लगाइएका धेरै मुद्दाबाट सफाइ पाएसँगै स्वदेश फर्किने बाटो खुलेको थियो । तारिक रहमान गत साता बंगलादेश फर्किँदा विमानस्थल नजिकै ठूलो संख्यामा पार्टी नेता तथा समर्थकहरूले स्वागत गरेका थिए, जसलाई आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको थियो । स्वदेश फर्किएपछि उनले एभरकेयर अस्पतालमा आमालाई भेटेका थिए । खालिदा जियाको अन्त्येष्टि तथा औपचारिक कार्यक्रमसम्बन्धी थप विवरण आउन बाँकी रहेको नेस्नलिस्ट पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्