चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो, सवारी सञ्चालन सुचारु

<span class='c1'>चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो,</span> <span class='c2'>सवारी सञ्चालन सुचारु</span>

रौतहट । गत २४ घण्टादेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड मंगलबार बिहान पुनः खुल्यो ।

भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी–१७ एटी–२११४ नम्बरको एलपी ग्यास ट्यांकर दुर्घटना भएपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका निरीक्षक राजेन्द्र थापा मगरका अनुसार, प्राविधिक टोलीले पल्टिएको बुलेट वारुणयन्त्र र क्रेनको सहयोगमा सुरक्षित रूपमा ट्यांकर हटाएपछि सवारी आवागमन सुचारु गरिएको हो। करिब दुई घण्टासम्म सुरक्षा मापदण्ड पुरा गर्दै सडक सफा गरिएको थियो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले भनेको छ कि सडक पूर्ण रूपमा सुरक्षित भएपछि मात्रै सवारी साधन सञ्चालन अनुमति दिइएको थियो। लामो समयको जामपछि अहिले सवारी साधनहरू क्रमशः गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्