विराटनगर । नेपालमा पहिलोपटक एआई को सहयोगद्वारा निर्मित ‘एआई कविता सङ्ग्रह’ प्रकाशनको तयारीमा रहेको छ । पुस्तकका कन्सेप्टर रोशन कुसवाह हुन् । उनको यो कविता संग्राहालयमा ३२ वटा कविता छन् । जुन एआई जेनेरेटेड कविताँसगै तस्वीर पनि समावेश छन् ।
यो नयाँ अवधारणमा कविता संग्रहित गर्ने कुसवाहले पुस्तक प्रकाशनको तयारी भइरहेको बताए । यसलाई पारम्पारिक कविता पुस्तकलार्ई भन्दा फरक दृष्टिकोण दिइएको छ । । साथै आधुनिक युगको कला प्रविधिको मिश्रण प्रस्तुत गरिएको छ।
उनका अनुसार पुस्तकमा समाज, परिवार, प्रेम, प्रकृति, आधुनिक युग र भावनात्मक जिवनका विविध आयामहरू समेटिएका छन् । साथै मानव संस्कार, परिवार र आमा–बुवा प्रतिको सम्मान सिकाउने सामग्री समावेश गरिएको छ । यस पुस्तकले नेपाली साहित्य जगत्मा डिजीटल कला प्रविधिको प्रयोग गर्न युवापुस्तालाई प्रोत्साहन गर्ने उनको विश्वास रहेको छ।
