घर फर्किन पाउँदा खुसी लागेको छ : थापा

<span class='c1'>घर फर्किन पाउँदा खुसी</span> <span class='c2'>लागेको छ : थापा</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आज घर फर्किन पाउँदा खुसी लागेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले खुसीले होईन अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको भन्दै आज फर्किदा खुसि लागेको बताए । उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भईरहेको छ । अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको थिए, खुसिले होईन् । विभिन्न कारणले म घर छोडेर गए । अहिले घर फर्किदा खुसि पनि छु ।’यस्तै, उनले कतिपयले बुझेर नबुझेर हारेर भागेको आरोप लगाएको भन्दै त्यो कुरा सत्य नभएको बताए ।

उनले भने, ‘त्यसबेला मलाई कतिले बुझेर नबुझेर आरोप लगाए, गिताको कसम खाएको मान्छेले पार्टी फुटायो, हारेर भाग्यो । तर ती सबै कुरा असत्य हुन् । म खेलाडी पनि भएकाले हारलाई स्वीकार्ने व्यक्ति हुँ ।’ उनले नयाँ पुरानाको भेदलाई हटाएर अब सशक्त तरिकाबाट अगाडि बढ्न सबैलाई आग्रह पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्