अंशुको हत्या आरोपी अधिकारी पूर्पक्षका लागि कारागार

<span class='c1'>अंशुको हत्या आरोपी अधिकारी</span> <span class='c2'>पूर्पक्षका लागि कारागार</span>

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, फडानी निवासी नविन गौतमकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणका मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

जबरजस्ती करणी उद्योग गरी निर्ममतापूर्वक ज्यान मारेको कसूरमा बिहीबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश टंकबहादुर महतको इजलासले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्मका लागि थुनामा राख्ने आदेशपछि अधिकारी जिल्ला कारागार मोरङ चलान भएको जिल्ला अदालत मोरङले जनाएको छ ।

असोज २१ गते हराएकी अंशुको शव कात्तिक ७ गते टाउको र शरीर अलग भएको अवस्थामा जंगलमा फेला परेको थियो । प्रहरीले मंसिर १९ गते अंशुको हत्या आरोपमा पदमबहादुरलाई पक्राउ गरेको थियो । त्यसको दुईदिनपछि उनलाई प्रहरीले सार्वजानिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्