आफुले पढेको स्कुलमा नोवेल हस्पिटलका डां शुनिल शर्माले २ करोडको विद्यालय भवन बनाईदिने

<span class='c1'>आफुले पढेको स्कुलमा  नोवेल हस्पिटलका डां</span> <span class='c2'>शुनिल शर्माले २ करोडको विद्यालय भवन बनाईदिने</span>

विराटनगर । निवर्तमान सांसद तथा नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक डा.सुनिल शर्माले मोरङ रतुवामाई ९ स्थित जनता माविको दुई तले भवन निर्माण गरिदिने घोषणा गरेकाछन् ।


५÷५ कोठाको दुई तले भवनको शुक्रबार एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ । सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका डा.शर्माले २ करोड बराबरको लागतमा भवन निर्माण गरि विद्यालयलाई हस्तान्तरण गर्ने बताउनुभएको । डा. शर्माले भवन निर्माण गरि एक वर्ष भित्रमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

संघीय शिक्षा नियमावली तथा स्थानीय शिक्षा नियमावली अनुशार २ करोड बराबरको जिन्सी तथा नगद विद्यालयको खातामा जम्मा गर्ने व्यक्तिले विद्यालयको नाम परिवर्तन गर्न सक्ने प्रावधान छ । सोही व्यवस्था अनुशार डा. शर्माले सो विद्यालयको साविकको नाममा आफ्ना बुवा–आमाको नाम थपेका छन् ।


विद्यालय नाम परिवर्तनको सम्पूर्ण प्रकृया गत पुस १३ गते सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक इश्वर खनालले बताउनुभयो । प्रधानाध्यापक खनालका अनुसार डा.शर्माका बुवा लोकनाथ र आमा होमादेवी न्यौपानेको नाम थपिएर शुक्रबारदेखि विद्यालयको नाम जनता लोकनाथ होमादेवी मावि भएको घोषणा पनि गरिएको छ ।
विद्यालयको नाम अनावरण पछि विद्यालय परिसरमा निर्माण गरिने भवनको शिलान्यास समेत गरिएको थियो । पुर्व विद्यार्थी डा शर्माले विद्यालयप्रति देखाएको मायाले गर्दा विद्यालय परिवारलाई ठुलो राहत मिलेको समेत खनालले खुशी व्यक्त गर्नुभयो ।


सो विद्यालय २०२२ सालमा स्वर्गीय नरेन्द्रबहादुर थापाले स्थापना गरेका थिए । संस्थापक थापाको नाममा ५० लाख र डा.शर्माका हजुरवुवा र हजुर आमाको नाममा २५–२५ लाख गरि एक करोडको छात्रबृत्र् िकोष स्थापना गर्ने पनि कार्यक्रममा डा. शर्माले घोषणा गर्नुभयो ।
थापाकी श्रीमती मैयाँदेवी थापाको प्रमुख आतिथ्यतामा विद्यालयको नयाँ नाम अनावरण तथा भवन शिलान्यास गरिएको थियो । सो विद्यालयमा अहिले शिशु कक्षा देखि १० सम्म पठन पाठन हुँदै आएको छ ।

विद्यालयमा करिव ५ सय विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक खनालले बताउनुभयो । विद्यालयको नाम अनावरण तथा भवन शिलान्यास कार्यक्रममा मोरङ क्षेत्र नं.१ का निवर्तमान सांसद ऋषिकेश पोखरेल, प्रदेशसभा सदस्य गणेश उप्रेती, रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वर सिहं पूर्व विद्यार्थी तथा सो क्षेत्रमा स्थानियवासीहरुको सहभागिता रहेको थियो । डां शुनिल शर्माले आफुहरुको क्षेत्रमा आएर शैक्षिक क्षेत्रमा गरेको योगदान प्रति स्थानियवासी तथा विद्यार्थीहरु समेत खुशी देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्