पशुपतिनाथ क्षेत्रमा ‘पञ्चउग्र महापाप निवारण राष्ट्र–शान्ति महायज्ञ–२०८२’ आयोजना हुने

<span class='c1'>पशुपतिनाथ क्षेत्रमा ‘पञ्चउग्र महापाप निवारण</span> <span class='c2'>राष्ट्र–शान्ति महायज्ञ–२०८२’ आयोजना हुने</span>

काठमाडौं । राष्ट्र, समाज तथा सम्पूर्ण जनमानसको कल्याणको उद्देश्यसहित भगवान् श्रीपशुपतिनाथको पावन भूमिमा ‘पञ्चउग्र महापाप निवारण राष्ट्र–शान्ति महायज्ञ–२०८२’ आयोजना गरिने भएको छ । पञ्चउग्र महापाप निवारण शान्ति महायज्ञ मूल समारोह समितिले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो । आयोजक समितिका अनुसार वर्तमान समयमा देशले भोगिरहेको राजनीतिक अस्थिरता, सामाजिक अशान्ति, नैतिक पतन, मानसिक विचलन, हिंसा, भ्रष्टाचार तथा विभिन्न प्राकृतिक विपत्तिहरूको मूल कारण मानव चेतनामा व्याप्त पञ्चउग्र महापापको प्रभाव रहेको वैदिक–पुराणसम्मत मान्यता रहँदै आएको छ ।

ब्रह्महत्या, गौहत्या, राजदरबार हत्या, बलात्कार तथा सुत्केरी एवं क्रियापुत्री हत्या जस्ता महापापहरूले राष्ट्र दीर्घकालदेखि पीडित हुँदै आएको आयोजकको दाबी छ । यीनै समस्याको समाधान वैद्धिक यज्ञमार्गबाट सम्भव हुने उल्लेख गर्दै समितिले श्रीमद्भागवत महापुराणको प्रमाणका आधारमा राष्ट्रमा धर्मचेतनाको पुनर्जागरण, सांस्कृतिक पुनर्जीवन तथा जनमानसको शुद्धिका लागि महायज्ञ आयोजना गर्न लागिएको जनाएको छ।महायज्ञ २०८२ साल माघ २३ गतेदेखि फाल्गुन ४ गतेसम्म पशुपति क्षेत्रमै निरन्तर सञ्चालन हुने छ । यस अवधिमा सकल वैद्धिक वाङ्मयका विद्वान् धर्मगुरु श्रीनिवासाचार्य स्वामीजी महाराजको मुखारविन्दबाट संगीतमय कथा–प्रवचन, वैद्धिक विधिपूर्वक हवन, जप, साधना, भजन–कीर्तन, ध्यान तथा वेद–शास्त्रसम्बन्धी प्रवचनहरू सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

आयोजक समितिका अनुसार महायज्ञ पूर्णतः वैद्धिक शास्त्रीय प्रमाणमा आधारित हुनेछ र यसमा कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिने छैन । यो कार्यक्रम आर्थिक सहायता वा अनुदान केन्द्रित नभई भक्तजनको स्वेच्छिक सहयोग, भावना र सद्भावबाट सम्पन्न गरिने शुद्ध आध्यात्मिक अनुष्ठान हुने जनाइएको छ ।महायज्ञका प्रमुख उद्देश्यमा राष्ट्रमा व्याप्त पञ्चउग्र महापापको विधिवत् शान्ति र निवारण गर्दै धर्म, सत्य र न्यायको स्थापनामा योगदान पु¥याउने, समाजमा फैलिएको क्रोध, द्वेष, अधर्म र अशान्तिको अन्त्य गर्दै सद्भाव र शान्तिमय चेतनाको विकास गर्ने तथा धर्म, सत्य, करुणा, अहिंसा र सदाचारका मूल्यहरूको पुनर्जागरण गर्ने रहेका छन् ।यसैगरी धर्म–वैदिक यज्ञ परम्परा र आध्यात्मिक चेतनाको संरक्षण, संवद्र्धन तथा प्रचार–प्रसार गर्दै राष्ट्रको सांस्कृतिक पहिचान सुदृढ बनाउने र युवा पुस्तासहित सम्पूर्ण समाजमा आध्यात्मिक चेतनाको विकास गराउने उद्देश्य पनि रहेको आयोजकले जनाएको छ ।महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान् आचार्यहरू, सामाजिक, राजनीतिक तथा धार्मिक व्यक्तित्वहरू र समस्त भक्तजनको सहभागिता रहने बताइएको छ । कार्यक्रमको सम्पूर्ण बजेट पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरिने प्रतिबद्धता पनि समितिले जनाएको छ । आयोजक समितिले सम्पूर्ण सञ्चारकर्मी, धर्मप्रेमी तथा राष्ट्रप्रेमी जनसमुदायलाई महायज्ञको प्रचार–प्रसार र सफलताका लागि सहयोग गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्