सिरहामा सडक दुर्घटना, एक जनाको मृत्यु

<span class='c1'>सिरहामा सडक दुर्घटना,</span> <span class='c2'>एक जनाको मृत्यु</span>

सिरहा । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । खोक्सी निवासी मोटरसाइकल चालक मो. नदिमको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल दुई टुक्रा भएको थियो भने स्कार्पियो सडकमै उतानो परेको थियो ।

दुर्घटनामा संलग्न स्कार्पियोको नम्बर बा प्रदेश–०१–०२७ ब ००८२ र मोटरसाइकलको नम्बर स ६ प ८६१ रहेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्