‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ तयारी सुरु, आवेदनको माग

<span class='c1'>‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’</span> <span class='c2'>तयारी सुरु, आवेदनको माग</span>

काठमाडौं । मेकअप आर्टिस्ट टेकराज पाण्डेद्वारा सञ्चालित ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगिता २०१५ देखि सुरु भएको हो । सपनामा देखेको अवधारणालाई बिपनामा उतार्ने लक्ष्यसहित सुरु गरिएको कार्यक्रम सुरुका दिनमै नाकाबन्दी जस्तो कठिन परिस्थितिमा पनि सफलतापूर्वक सम्पन्न भएको आयोजक पाण्डेले बताए ।

‘ब्यूटिफुल’ शीर्षक मेकअप आर्टिस्टको पहिचानसँग जोडिए पनि भविष्यमा यसलाई एउटा ब्रान्डका रूपमा स्थापित गर्दै समाजसेवा, वृद्धाश्रम सहयोग तथा विभिन्न संघ–संस्थालाई समर्थन गर्ने लक्ष्य राखिएको छ । पहिचान र नामसँगै समाजका लागि केही योगदान गर्न सकियोस् भन्ने सोचले कार्यक्रम निरन्तर अघि बढाइएको पाण्डेले स्पष्ट पारे । प्रतियोगिताले महिलाको आत्मविश्वास, व्यक्तित्व विकास र लुकेका प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । गाउँदेखि शहरसम्मका महिलाहरूमा बोल्ने क्षमता, आत्मविश्वास, नेतृत्व र सकारात्मक सोच विकास गराउने प्लेटफर्मको रूपमा यो कार्यक्रम स्थापित हुँदै गएको छ ।

मिससँगै मिसेस श्रेणी समावेश गर्नुको उद्देश्य विवाहित महिलालाई पनि समान अवसर दिनु रहेको पाण्डेले बताए । विवाहित भएपछि पनि महिलाले आफ्नो क्षमता देखाउन, आत्मनिर्भर बन्न र समाजमा योगदान दिन सक्छन् भन्ने सन्देश प्रवाह गर्न मिसेस श्रेणी थपिएको हो । हाइट, उमेर वा सामाजिक सीमाका कारण पछि हटिरहेका महिलाहरूका लागि यो एउटा सशक्त प्लेटफर्म बनेको छ । सहभागीहरूको सशक्तिकरणका लागि करिब एक महिनासम्म विविध तालिम प्रदान गरिन्छ । यस अवधिमा कोरियोग्राफी, व्यक्तित्व विकास, बोल्ने कला लगायतका तालिमहरू सञ्चालन गरिन्छ भने विभिन्न क्षेत्रका प्रशिक्षक तथा सेलिब्रिटीहरूद्वारा विशेष प्रशिक्षण दिइन्छ ।

सहभागीहरूको सिकाइ क्षमता र मेहनतकै आधारमा उनीहरूको प्रगति मूल्याङ्कन गरिन्छ । ग्रान्ड फिनालेमा विजेता छनोट प्रश्न उत्तर प्रणालीमार्फत गरिन्छ । प्रारम्भिक चरणमा सहभागीहरूलाई पहिल्यै प्रश्न दिइन्छ भने अन्तिम चरणमा निर्णायक मण्डलद्वारा सोधिएको प्रश्नको उत्तरका आधारमा विजेता, फस्र्ट रनरअप लगायतका शीर्षक प्रदान गरिन्छ । आयोजकका अनुसार मिस ब्युटिफुल नेपाल सिजन ११ र मिसेस ब्युटिफुल नेपाल सिजन १० को तयारी भइरहेको छ र इच्छुकले आधिकारिक पेजमार्फत आवेदन दिन सक्ने पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्