फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि एमालेद्वारा उम्मेदवार सिफारिस तीव्र

<span class='c1'>फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका</span> <span class='c2'>लागि एमालेद्वारा उम्मेदवार सिफारिस तीव्र</span>

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् ।

सिफारिसको क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नाम समेत केन्द्रमा पठाएका छन् । एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ ।

जसमा केपी शर्मा ओली – झापा–५, विष्णु पौडेल – रुपन्देही–२, शंकर पोखरेल – दाङ–२, लेखराज भट्ट – कैलाली–४, महेश बस्नेत – भक्तपुर–२, प्रदीप ज्ञवाली – गुल्मी–१, ईश्वर पोखरेल – काठमाडौँ–५, लीलानाथ श्रेष्ठ – सिरहा–३, अजय गुप्ता – रौतहट–१, हरि उप्रेती – सर्लाही–३, तिलक महत – नवलपुर–२, मिलन गुरुङ – गोरखा–२, बद्री मैनाली – नुवाकोट–१, सूर्य ढकाल – बाँके–१, दलबहादुर सुनार – बाँके–३, विश्राम चौधरी – कपिलवस्तु–१, सुहाङ नेम्वाङ – इलाम–२, लक्ष्मी महतो कोइरी – महोत्तरी–१, ध्रुव शाही – सुर्खेत–१, कलाधर देवकोटा – सुर्खेत–२, गुलाबजंग शाह – सल्यान, मणिराम फुयाल – काठमाडौँ–२ (प्रस्ताव), दामोदर भण्डारी – बैतडी, गणेश ठगुन्ना – दार्चुला रहेको छ ।

अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन् भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी छ । सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुंगो भने पार्टी केन्द्रले लगाउने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्