विराटनगर । कोशी प्रदेशमा अमेरिकी चेन होटल ब्राण्ड विन्डम होटल्स एण्ड रिसोर्ट अन्तर्गत रमडा होटल सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । सुनसरीको इटहरीमा देशबन्धु बस्नेतले होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।
यो अन्तर्राष्ट्रियस्तरको होटल मानिएको छ । एक महिना भित्र यो सञ्चालनमा आइसक्ने छ । होटलमा ८१ वटा कोठा छन्, जसमा डिलक्स सिंगल ५७, डिलक्स डबल १४, एक्जिक्युटिभ २, जुनियर स्वीट ६ र स्वीट २ वटा कोठा रहेको होटल व्यवस्थापनले जनाएको छ ।
होटलमा टेरेस बार, अल–डे डाइनिङ रेस्टुरेन्ट, कफी शप, दुई वटा ब्यांक्वेट हल, मिटिङ रुम, आउटडोर लाउन, पूल बार, स्वीमिङ पूल, जिम तथा स्टिम–साउनासमेत रहेको छ ।
बस्नेत नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति हुन् । नेपालको पर्यटन सम्भावनालाई थप उजागर गर्ने उद्देश्यले पूर्वी नेपालमै पहिलोपटक अमेरिकी चेन होटल ब्राण्ड भित्र्याइएको हो । उनको यो होटलमा ८० जनाले रोजगारी पाउने बताइएको छ ।