विराटनगरमा जाडो छल्न हानिकारक तातो, रबर–प्लाष्टिकको धुँवा–गन्ध बारे जानकार छैन महानगर

<span class='c1'>विराटनगरमा जाडो छल्न हानिकारक तातो, रबर–प्लाष्टिकको</span> <span class='c2'>धुँवा–गन्ध बारे जानकार छैन महानगर</span>

स्वस्तिका भट्टराई
विराटनगर । जाडो बढेसँगै तराईका सहरी क्षेत्रमा न्यानो लिन आगो बाल्ने गरिन्छ । सडक किनारामा सर्वसाधारणले तातोका लागि बालेको आगो भने मानव स्वास्थ्य र वातावरणका लागि हानिकारक हुन्छ । सडकमा बालिने आगोमा प्रयोग हुने प्लाष्टिक, टायर र कागज जस्ता वस्तुले आगो ताप्नेलाई मात्रै नभई वरिपरिकालाई समेत नकारात्मक असर पारिरहेको हुन्छ । यद्यपी आगो ताप्नेहरुले त्यसमा ध्यान दिएका हुन्नन् । अझै नागरिकसँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार भने यस बारे जानकार समेत छैन ।

विराटनगरका सडकमा रबर तथा प्लाष्टिक जलाएर आगो तापिरहेका नागरिक दैनिक भेटिन्छन् । सडक पार गरेर हिड्न समेत सकस परिरहेको हुन्छ । तर, स्थानीय सरकारले सचेतनाका लागि गर्ने पहलमा जाडोबाट बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित राखौं, शरीर ढाक्ने न्यानो कपडा लगाऊँ, काम नपरी घर बाहिर ननिस्कन भनिएको हुन्छ । प्लाष्टिक तथा रबरहरु सडकमा बलिरहेका हुन्छन् । बाल्नेहरुलाई यस्तो गर्नुहुन्न भन्ने आँट पनि कसैले गर्दैन । तर, त्यसको अवसर कति छ ? भन्ने कुरा यकिन नगराइकन यसबाट मानव स्वास्थ्यको जोखिम र वातावरणमा पार्ने प्रभाव रोक्न नसकिने चिकित्सकहरुको बुझाई छ ।

फिजिसियन डा.रमाकान्त रोयका अनुसार कति हानिकारक तातो लिइरहेको छु भन्ने ज्ञान नहुँदा सडकका बाल्ने आगो विषादयुक्त छ । कार्बन मोनोअक्साइड डाईअक्सिन प्युरान जस्ता विषालु ग्याँसले मानव स्वास्थ्यमा पार्ने असर र वातावरणमा पार्ने प्रभाव बारे ज्ञान बाँड्न जरुरी हुन्छ । यसका लागि स्थानीय तहले पहल लिनुपर्ने विज्ञहरु बताउँछन् । डाक्टर रोयका अनुसार प्लाष्टिकको धुँवायुक्त आगो ताप्दा ताप्नेलाई केहि थाहा नभएपछि विस्तारै फोक्सोमा असर गर्नपुग्छ । अनि श्यासप्रस्वासको समस्या, खोकी, दम हुँदै फोक्सोको कार्यक्षमता घट्छ । यति असरमा रहेको छु भन्ने ज्ञान नभएका नागरिकहरुले नै प्लाष्टिक बालेर तापिरहेको देखिने भएकोले त्यसका लागि सचेतना जरुरी हुन्छ । अर्को कुरा प्लाष्टिकको धुँवामा स्टाइरिन, कार्सिनोजेनिक (क्यान्सर गराउने तत्व) समेत पाइन्छ । डाक्टर रोयले भन्नुभयो–बारम्बार सम्पर्कमा रहँदा फोक्सो, छाला वा रगतको क्यान्सर हुने जोखिम बढ्छ ।

वातावरण क्षेत्रमा लामो समयदेखि अध्ययन गर्दै आउनु भएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक रामचन्द्र अधिकारी कार्बनअक्साइडले वातावरणमा असर गर्छ सबैलाई थाहा भएपनि व्यवहारमा त्यो प्रयोग रोक्ने गरिएको छैन । तर, प्लाष्टिक जस्ता हानिकारक वस्तुबाट निस्केको विषादीयुक्त धुँवाकै कारण हिउँदमा हुस्सुको घनत्व बढाउने भूमिका निर्वाह गर्ने उहाँको बुझाई छ । सहरी क्षेत्रमा ‘भिजिविलिटि’ कम हुनेको कारण यो पनि रहेको उहाँको दावी छ । अर्को कुरा मानसिक स्वास्थ्यमा असर गर्ने गन्ध पनि प्लाष्टिक तथा रबर जल्दा निस्कने गर्दछ । अधिकारीले आगो बालेर ताप्ने कुरा आफैंमा हानिकारक हुने बताउनुभयो । यद्यपी प्लाष्टिक वा रबर नै जलाएर त्यसको न्यानो लिनु भनेको आफ्नो स्वास्थ्यमा आफैं र अरुको स्वास्थ्यमा समेत असर पु¥याइरहेको हुन्छ ।

टाउको दुख्ने, रिंगटा लाग्ने, एकाग्रतामा कमी आउने र स्मरणशक्तिमा ह्रास हुने जस्ता मानव स्वास्थ्यका असर देखिने गरेका छन् । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा.दिलिप यादवले जाडोमा कसरी सुरक्षित रहने, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य सतर्कता कसरी अपनाउने भन्ने विषय स्थानीय सरकारले सचेतना गराउँदै आएको बताउनुभयो । यद्यपी सडक आसपास आगो ताप्न बालिने हानिकारिक वस्तु बारेमा अहिलेसम्म संस्थागत सचेतना चाँहि कम भइरहेको अनुभूति गरिएको यादव बताउनुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्