समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा

<span class='c1'>समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही</span> <span class='c2'>साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा</span>

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले समयमै महाधिवेशन हुनुपर्छ भन्ने माघ डा.शेखर कोइराला समूहले उठाउँदै आएको बताएका छन्। उनले केही साथीहरुले आफूहरुको एजेन्डा हाइज्याक गरेको पनि बताए ।

सोमबार काठमाडौँमा डा.शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको उनको दाबी थियो । काठमाडौंमा जारी विशेष महाधिवेशनले नीति मात्रै पास हुने दाबी गरे । साथै उनले डा.कोइराला वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट सभापति बन्ने बताए । कोइरालाले पार्टी फुटबाट जोगाउने र एकताबद्ध वताउने उनको भनाइ छ ।

‘पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । एकताबद्धका लागि उहाँले पहलकदमी लिनुहुनेछ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा हाम्रै हो । बिचमा हाइज्याक भएको हो,’ उनले भने । आइतबारबाट नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्