सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, एउटै गाउँका पाँच कामदारको मृ*त्यु

<span class='c1'>सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना,</span> <span class='c2'>एउटै गाउँका पाँच कामदारको मृ*त्यु</span>

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनीयाहीमा बिहीबार बिहान मालबाहक ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहान करिब ५:३० बजे अनियन्त्रित भई लौकही हुलाकी मार्गमा पल्टिएको हो।

प्रहरीका अनुसार ट्रकमा लोड गरिएको मार्बलले किचिएर मार्बल माथि बसेका पाँच जना कामदारको घटनास्थलमै ज्यान गएको हो। सुनसरीका डीएसपी चन्द्र खड्काले दुर्घटनामा मार्बलले किचिएर उनीहरूको मृत्यु भएको पुष्टि गरेका छन्।

मृत्यु हुनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, अन्दाजी ४५ वर्षीय चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन्। सबै मृतक बर्जु गाउँपालिका–१ का बासिन्दा तथा एउटै गाउँका भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्