विराटनगर माघ ४ ,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको आयोजनामा सोमबार (माघ ५) जनकपुरधाममा विशाल सभा हुँदै छ। सभा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित तिरहुतिया गाछीमा आयोजना हुनेछ।
रास्वपाको र्यापिड एक्सन टिम (आरएटी) मधेश प्रदेश संयोजक अमभुप्रसाद साहका अनुसार सभाको तयारी अन्तिम चरणमा पुगेको छ। सभामा २५ देखि ३० हजारसम्मको सहभागिता हुने अनुमान गरिएको छ।
सभालाई सम्बोधन गर्न पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति स्वर्णिम वाग्ले, तोसिमा कार्कीलगायत शीर्ष नेताहरू आज साँझसम्म जनकपुरधाम आइपुग्ने कार्यक्रम रहेको छ।
रास्वपाले यस सभालाई मधेश केन्द्रित राजनीतिक सन्देश र संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ।