विराटनगर माघ ७ ,
कुलमान घिसिंग नेतृत्वको उज्यालो नेपाल पार्टी ले देशभरका ९० भन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्दै प्रतिनिधिसभा निर्वाचनमा बलियो उपस्थिति जनाएको छ।
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको पार्टीले कोशी प्रदेशलाई विशेष प्राथमिकतामा राख्दै २८ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार अघि सारेको छ।
पार्टीका अनुसार सुशासन, विकास र वैकल्पिक राजनीतिलाई मुख्य एजेन्डा बनाएर उम्मेदवार चयन गरिएको हो। कोशी प्रदेशमा उज्यालो नेपालले उठाएका उम्मेदवारहरू यसप्रकार छन्:
ताप्लेजुङ: कृतिमान मादेन
पाँचथर: टेक बहादुर सुब्बा
इलाम–१: हरि बहादुर गुरुङ
इलाम–२: दिवश राई
झापा–१: नरेश लावती
झापा–२: चुडा कर्ण बेघा लिम्बु
झापा–३: श्याम कृष्ण पाठक
झापा–४: सन्तोष तामाङ
झापा–५: सबिन राई
संखुवासभा: घनश्याम राई
तेह्रथुम: उषा तुम्बाहाम्फे
धनकुटा: शालिक राम राई
भोजपुर: जितन राई
सोलुखुम्बु: पेम्बा छिरि शेर्पा
ओखलढुंगा: किशोरी कार्की
खोटाङ: मिरेश राई
उदयपुर–१: अर्जुन तामाङ
उदयपुर–२: अरुण राई
सुनसरी–१: डम्बर लावती
सुनसरी–२: गोपाल तामाङ
सुनसरी–३: जागेश्वर यादव
सुनसरी–४: बच्चा लाल यादव
मोरङ–१: दुर्गा माया तामाङ
मोरङ–२: धनबहादुर सुनुवार
मोरङ–३: मित्रसेन योञ्जन
मोरङ–४: बिनोद परियार
मोरङ–६: बसन्त बुढाथोकी
उज्यालो नेपाल पार्टीले नयाँ अनुहार, स्थानीय मुद्दा र वैकल्पिक सोच लाई अघि सार्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको दाबी गरेको छ। कोशी प्रदेशमा देखिएको यो सक्रियताले पार्टीको चुनावी रणनीति र सम्भावनालाई लिएर राजनीतिक वृत्तमा चासो बढाएको छ।