मोरङका तीन क्षेत्रमा राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेदवार मैदानमा

<span class='c1'>मोरङका तीन क्षेत्रमा राष्ट्रिय</span> <span class='c2'>ऊर्जाशील पार्टीका उम्मेदवार मैदानमा</span>

विराटनगर माघ ७ ,

राष्ट्रिय ऊर्जाशील पार्टीले मोरङका तीन निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ। मंगलबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता भएसँगै पार्टीले औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा प्रवेश गरेको हो।

मनोनयनअनुसार मोरङ–२ बाट मनोज कुमार राजवंशी, मोरङ–३ बाट भुवन कुमार वाग्ले र मोरङ–५ बाट योगेन्द्र मण्डल उम्मेदवार बनेका छन्। पार्टीको नेतृत्वसमेत योगेन्द्र मण्डलले गरिरहेका छन्।

आवर विराटनगरसँग कुरा गर्दै पार्टी अध्यक्ष मण्डलले छोटो समयमा नै पार्टीले सकारात्मक छाप छोड्न सफल भएको दाबी गरे। उनले आगामी निर्वाचनमा उत्साहजनक नतिजा आउने विश्वास पनि व्यक्त गरे।

नयाँ राजनीतिक शक्तिका रूपमा राष्ट्रिय ऊर्जाशील पार्टीले मोरङमा देखाएको सक्रियताले स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्