कोशीमा काँग्रेस–एमाले गठबन्धनबाट राष्ट्रियसभामा तीनजना निर्वाचित

<span class='c1'>कोशीमा काँग्रेस–एमाले गठबन्धनबाट</span> <span class='c2'>राष्ट्रियसभामा तीनजना निर्वाचित</span>

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट काँग्रेस–एमाले गठबन्धनका उमेदवार निर्वाचित भएका छन् । छवर्षे कार्यकालका लागि नेपाली काँग्रेसबाट सुनिलबहादुर थापा यस अगाडी नै निर्विरोध निर्वाचित भएका थिए । आइतबार भएको मतदानमा एमालेबाट सोम पोर्तेल र रोशनी मेचे विजयी भएका हुन् । गठबन्धन गरेका काँग्रेस एमालेलाई नेपाली कम्यूनिष्ट पार्टीले पनि उमेदवारी खडा गरेको थियो ।

काँग्रेसका थापाका प्रतिस्पर्धी नेकपाका उम्मेदवार हेमराज घिमिरे मनोनयनमा नआएका कारण उनी निर्विरोध भएका थिए । नेकपा (एमाले) ले कोशी प्रदेशबाट दलित कोटाबाट राष्ट्रिय सभाका लागि सोम पोर्तेललाई उम्मेदवार बनाएको थियो । यसैगरी झापाकी रोशनी मेचे अल्पसंख्क समुदायबाट प्रतिनिधित्व हुन् ।

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट ८७ जना प्रदेशसभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्