विराटनगरमा जारी हिसान बास्केटबल च्याम्पियन विकेभिएम कलेज

<span class='c1'>विराटनगरमा जारी हिसान बास्केटबल</span> <span class='c2'>च्याम्पियन विकेभिएम कलेज</span>

विराटनगर । विराटनगरमा जारी ‘हिसान स्पोर्ट्स मिट २०८२’ अन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि विकेभिएम कलेजले जितेको छ। अत्यन्तै रोमाञ्चक फाइनल खेलमा शिक्षादिप कलेजलाई २८–२५ को झिनो अन्तरले पराजित गर्दै विकेभिएम च्याम्पियन बनेको हो।

लिग चरणका आफ्ना सबै तीन खेल जित्दै समूह विजेता बनेको विकेभिएमले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अपराजित यात्रा कायम राख्यो। उप-विजेता शिक्षादिप कलेजले लिग चरणमा दुई खेल जित्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल खेलमा शिक्षादिपले कडा प्रतिस्पर्धा गरे पनि अन्तिम समयमा विकेभिएमको दबाबपूर्ण खेल अगाडि उपाधि हात पार्न सकेन।

प्रतियोगिताभरि प्रभावशाली खेल प्रदर्शन गरेका विकेभिएमका आरुष दाहाल फाइनल खेलका ‘प्लेयर अफ द म्याच’ घोषित भए भने समग्र प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ (MVP) अवार्ड समेत जित्न सफल भए।

चार वटा कलेज सहभागी यस बास्केटबल प्रतियोगितामा कोवास र अरनिको कलेज लिग चरणबाटै बाहिरिएका थिए। लिग चरणका खेलहरूमा प्रिन्स राउत र सक्षम गुप्ताले पनि उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ अवार्ड जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्