धरानमा चिभास इस्टर्न गल्फ सम्पन्न, राईको वर्चस्व

<span class='c1'>धरानमा चिभास इस्टर्न गल्फ</span> <span class='c2'>सम्पन्न, राईको वर्चस्व</span>

विराटनगर माघ १८ ,  कोशी प्रदेश गल्फ संघको आयोजनामा तथा चिभास रिगलको साझेदारीमा सम्पन्न ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट–२०२६’ को ग्रसतर्फको उपाधि जितेन्द्र राईले जितेका छन् ।

शुक्रबार र शनिबार धरानस्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा राईले उत्कृष्ट प्रदर्शन गर्दै ग्रसतर्फको उपाधि हात पारेका हुन् भने पदम हाङ लिम्बू ग्रसतर्फ उपविजेता बने ।

नेटतर्फको स्पर्धामा सोम गुरुङले पहिलो स्थान हासिल गर्दा भुवन घिमिरे दोस्रो र प्रतापजंग थापा तेस्रो स्थानमा रहे ।

महिलातर्फ ग्रसमा सम्झना खत्री र नेटतर्फ जान्वी गुरुङ विजेता बनेका छन् । नेटतर्फकै दोस्रो स्थानमा बिना सापकोटा रहिन् ।

सिनियर स्पर्धातर्फ गणेश जिमीले उपाधि जित्दा तुलसीराम लिम्बू दोस्रो स्थानमा रहे ।

ह्याण्डिक्याप स्पर्धाअन्तर्गत १–८ होलतर्फ सिद्धान्त सापकोटा प्रथम, अशोक सिंह दोस्रो र श्याम लिम्बू तेस्रो भए । त्यस्तै, ९–१६ होलतर्फ कृष्ण पुनले पहिलो स्थान हात पार्दा हिरण प्रधान दोस्रो र श्याम तामाङ तेस्रो स्थानमा चित्त बुझाए ।

विशेष विधातर्फ लङ्गेस्ट ड्राइभ प्रदीप सारडाले, नियरेस्ट टु द पिन दिपेन्द्र राईले, स्ट्रेट टु द लाइन दिपक मगरले र मोस्ट बर्डिज राम तामाङले जितेको जानकारी कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले दिएका छन् ।

प्रतियोगिताका विजेताहरूलाई संघका अध्यक्ष प्याकुरेल, चिभास रिगलका कन्ट्री म्यानेजर सौरभ भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा कोशी प्रदेश, काठमाडौँ, पोखरा सहित युके, सिंगापुर र युएईबाट गरी १३० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्