नेपाल क्रिकेट विश्वकप २०२६ का लागि ‘नेपाली शाहस’ सार्वजनिक

<span class='c1'>नेपाल क्रिकेट विश्वकप २०२६ का</span> <span class='c2'>लागि ‘नेपाली शाहस’ सार्वजनिक</span>

काठमाडौं । नेपालले क्रिकेट विश्वकप २०२६ मा सहभागिता जनाउने सन्दर्भमा उत्साह बढाउने उद्देश्यसहित आधिकारिक क्रिकेट गीत ‘नेपाली शाहस’ सार्वजनिक गरिएको छ ।

देशभक्ति, साहस र नेपाली क्रिकेटको संघर्षपूर्ण यात्रालाई संगीतमार्फत प्रस्तुत गरिएको यस गीतले नेपाली क्रिकेटप्रेमीहरूमा नयाँ जोस थप्ने अपेक्षा गरिएको छ । गीतमा गायक अजय तामाङ र टेकेन्द्र नेपालीको स्वर रहेको छ । गीतका शब्द होम न्यौपानेले लेखेका हुन् भने संगीत स्वयं अजय तामाङले भरेका छन् । गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी मनोज परियारले सम्हालेका छन् ।

भिडियोमा अजय तामाङ र टेकेन्द्र नेपालीसहित बाबुराम चरी, मनोज नेपाली, राहुल नेपाली, नवराज सरगम, पदम चन्द, वीरेन्द्र चन्द, अश्विन चन्द, विशाल चन्द, विष्णु मल्ल तथा सन्तोष कुमार पण्डित लगायतको अभिनय देख्न सकिन्छ । आइतबार ओएसआर डिजिटलको युटुव च्यानलबाट ‘नेपाली शाहस’ बोलको एन्थम गीत सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=7QnpGa7TLHI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्