काठमाण्डौंमा योजना बनाएर ओखलढुङ्गामा लुटपाट, ८० कटेका निहत्था दम्पती निशानामा

<span class='c1'>काठमाण्डौंमा योजना बनाएर ओखलढुङ्गामा लुटपाट,</span> <span class='c2'>८० कटेका निहत्था दम्पती निशानामा</span>

विराटनगर । ओखलढुङ्गा, बोहोरेमा गत माघ १२ को राती १० बजे दम्पती हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका वडा नं. ६ बोहोरेमा ८१ वर्षीय चन्द्र बिक्रम राई र ८० वर्षीया चन्द्रमाया राईको सुतकै स्थानमा हत्या गरिएको थियो ।

आफ्नो घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओडीरहेको अवस्थामा श्रीमान र खाट छेउ भुईमा सिरक ओडी रहेको अवसथमा श्रीमतीलाई स्थानीय माघ १३ गते बिहान फेला पारेका थिए । घटनामा कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको अनुसन्धान टोलीसँगै माघ २० गतेबाट केन्द्रीय अनुसन्धान ब्यूरोबाट विज्ञ जनशक्ती अनुन्धान गरेर संलग्नहरु पक्राउ गरिएको हो ।

सिआईबीले दिएको जानकारी अनुसार घटनामा चिशंखुगढी–६ का धनबहादुर राना मगर र अर्का एक १७ वर्षीया बालकलाई संलग्न आरोपमा पक्राउ गरिएको छ । उनीहरुलाई माघ २३ गते काठमाण्डौं १५ स्थित डल्लु, लखतीर्थ मार्ग स्थित डेराकोठाबाट पक्राउ गरिएको हो । प्रहरीले कोठाबाट मृतक चन्द्रमाया राईले प्रयोग गर्ने गरेको मोवाईल, नगद, सुनको माडवाडी र सिक्री, सि माला समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार लुटपाट गर्ने उद्देश्यले काठमाडौंमै योजना बनाएर घटनास्थलमा पुगेका उनी घटनास्थलमा राती पुगेका थिए । घटनापछि उनीहरु राती नै फर्किएको देखिएको छ । त्यति मात्रै नभई बस टिकट काट्दा वास्तविक नाम लुकाएको समेत खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्