भेटघाटमा ओली : देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह

<span class='c1'>भेटघाटमा ओली : देश विकासका</span> <span class='c2'>लागि विश्राम नलिन मतदाताको आग्रह</span>

तेजन खड्का
झापा । झापा कमल गाउँपालिकाका बासिन्दाहरुले आफुहरु बहक्याउने होइन, देश बनाउने नेतालाई रोज्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशिल नागरिक भएको ठाउँ भएकाले यहाँ कोहीपनि बहकिने मतदाता पनि नभएको बताए ।

आइतबार कमल गाउँपालिकाको वडा नं. ५ बाट विभिन्न बस्तीका बासिन्दासँग ओलीले भेटघाट शुरु गरेका हुन् । अध्यक्ष ओलीलाई स्वागत गर्दै उनीहरुले यो क्षेत्रको विकासमा लगाएको गुन कहिल्यै भुल्न नसकिने समेत उल्लेख गरे ।

स्थानीय शोभा संग्रौलाले जनतालाई भुल्याउने, बहकाउन नेता नचाहिने बरु आफ्नो क्षेत्र र देश बनाउने नेता चाहिएको बताए । अध्यक्ष ओलीको स्वागत गर्दै स्थानीय ज्येष्ठ नागरिकहरुले अझै केहि समय विश्राम नलिई देश बनाउन उनलाई आग्रह गरे ।

अरुको भर नभएको भन्दै वृद्धवृद्धाहरुले मतदानका लागि लागि आफूहरु कसैको कुरा नसुन्ने र ओलीलाई फेरि जिताउने बताएका थिए । अध्यक्ष ओली स्वर्गीय खम्बासिंह दर्जीको शोकको कार्यक्रममा पनि सहभागी भए । ओली क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिकाका विभिन्न बस्तीमा पुग्ने तालिका रहेको एमाले गाउँ कमिटी अध्यक्ष हरी ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्