आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

<span class='c1'>आइसीसी टी–२० विश्वकप : नेपाल</span> <span class='c2'>इंग्ल्याण्डसँग ४ रनले पराजित</span>

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।

नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८० रन जोडन पुग्यो । इंग्ल्यान्डका लागि बेथेलले ३५ बलमा ४–४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी ब्रुकले ३२ बलमा ४ चौका ३ छक्कासहित ५३, विल ज्याक्सले अविजित ३९ र जोस बटलरले २६ रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, रोहित पौडेलले ३९, कुशल भुर्तेलले २९ रन जोडे । यस्तै, लोकेश बम ३९ रनमा अविजित रहे । बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले दुई तथा विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले एक–एक विकेट लिए ।

नेपालका लागि बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्