एमाले उम्मेदवार सुहाङ नेम्बाङ निकट युवाद्वारा पत्रकारलाई ज्यानमार्ने धम्कीप्रति आपत्ति

<span class='c1'>एमाले उम्मेदवार सुहाङ नेम्बाङ निकट</span> <span class='c2'>युवाद्वारा पत्रकारलाई ज्यानमार्ने धम्कीप्रति आपत्ति</span>

काठमाडौं । नेपाल पत्रकार महासंघ कारोबार दैनिक शाखाका सदस्य तथा वरिष्ठ पत्रकार सचित राईलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको ध्यानाकर्षण भएको छ ।

इलामको दमक–चिसोपानी सडक निर्माणसम्बन्धी विषयमा इलाम क्षेत्र नम्बर–२ का नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङले सांसद बहाल रहँदै ‘सात दिनभित्र ठेक्का लगाइने’ भनी दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा सेयर गर्दै राईले प्रश्न गरेका थिए । सोही विषयमा इलामको माङसेबुङ गाउँपालिका निवासी विनोद साम्बाले फेसबुकमार्फत राईलाई समाचार नलेख्न चेतावनी दिँदै ज्यान मार्ने धम्की दिएको महासंघको आरोप छ ।

धम्की दिने विनोद साम्बा ‘नेसनल भोलिन्टियर फोर्स माङसेबुङ’ का कमान्डर भएको उल्लेख उनको फेसबुक बायोमा रहेको बताइएको छ ।
महासंघले लोकतान्त्रिक अभ्यासमा खारिएको नेकपा (एमाले) जस्तो पार्टीका कार्यकर्ताबाट आएको यस्तो अभिव्यक्ति अशोभनीय, आपत्तिजनक तथा कानुनी शासनको विपरीत भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले ज्यान मार्ने धम्की दिने साम्बामाथि तत्काल अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्न नेपाल प्रहरीको ध्यानाकर्षण गराएको छ । साथै, आफ्ना कार्यकर्तामाथि छानबिन गरी उचित कारबाही गर्न नेकपा (एमाले) को पनि ध्यानाकर्षण गराइएको छ ।

महासंघले संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र नागरिकका लोकतान्त्रिक अधिकारमाथि कुनै पनि किसिमको आक्रमण नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्