०४६ सालपछिका सबै काण्डको छानविन गर्छौं, वचतकर्ताको रकम फिर्ता हुन्छ : रवि लामिछाने

<span class='c1'>०४६ सालपछिका सबै काण्डको छानविन गर्छौं, वचतकर्ताको</span> <span class='c2'>रकम फिर्ता हुन्छ : रवि लामिछाने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरुलाई विज्ञप्ति निकालेर बस्न भन्दापनि रातारात कसरी विकास निर्माण गर्ने भन्नेतिर लाग्न सुझाव दिएका छन् ।

मंगलबार इटहरीमा रास्वपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले आफ्नो कुरा गर्दैगर्दा निर्माण व्यवसायीहरु आत्तिएको प्रतिक्रिया दिए । उनले कानुनले बाँधेर काम लगाउने भनेको हो, मानिसलाई डोरीले बाँध्ने भनेको होइन् भन्दै प्रष्टिकरण दिए । उनले भने,‘बोल्ने भन्दा काम गर्ने दिन आउँदैछ । रास्वपाले आफ्नो कुरा गर्दैगर्दा कतिपय मानिसहरु आत्तिएको देखिन्छ । म निर्माण व्यवसायी साथीहरुलाई भन्न चाहन्छु–विज्ञप्ति निकाल्न पदैैन् । ठूलाठूला इक्युप्मेन्टहरु कसरी खरिद् गर्ने, रातारात कसरी विकास निर्माण गर्ने भन्नेतिर लाग्नुहोस् । कानुनले बाँधेर काम लगाउने भनेको हो, मानिसलाई डोरीले बाँध्ने भनेको होईन् ।’

त्यस्तै उनले २० वर्ष सांसद र मन्त्री भएपछि बाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान बल्ल आयो भन्दै प्रश्न समेत गरे । के के उपकरण र कसरी ल्याउनुपर्ने हो त्यतातिर लाग्न व्यवसायीहरुलाई सुझाउँदै उनले अब देश विकास निर्माणमा जान कसैले रोक्न नसक्ने अठोट गरे । ‘२० वर्ष सांसद र मन्त्री भएपछि बाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान बल्ल आयो ? सबै निर्माण व्यवसायीलाई भन्न चाहन्छु–सकेसम्म २–३ सिफ्टमा, रातारात काम गर्न सकिन्छ । तपाईसँग भएका उपकरणहरु पर्याप्त छैनन् होला तर विज्ञप्ति निकाल्नु पर्दैन् । के के उपकरण र कसरी ल्याउनुपर्ने हो त्यतातिर तयारी गर्नुहोस् । अब देश विकास निर्माणमा जान्छ, कसैले रोक्न सक्दैन् ।’

त्यसैगरी शिक्षकहरु पनि संगठित भएको सुन्नमा आएको भन्दै उनले भने,‘शिक्षकहरु पनि संगठित भएको सुनियो, पेसागत संगठन संकटमा पर्यो । पेसागत संगठन खारेज गर्न पाइदैन् भन्ने कुरा सुनियो । तपाईहरु स्र्माट कक्षाकोठा कसरी बनाउने त्यसको योजना बनाउनुहोस् । राजनीतिको ठेक्का हामीलाई दिनुहोस्, हामी गरौला । तपाईको सुरक्षा रास्वपाको नेताले गर्दैन्, रास्वपको नीतिले गर्छ । विद्यार्थीको भविष्य तपाई बनाउनुहोस् ।’

सभापति लामिछानेले ०४६ सालपछिका सबै काण्डको छानविन हुने बताउँदै प्रतिशोध नभएर हिसाब हुने धारणा राखे । उनले रास्वपाको सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्ने भन्दै जनतालाई तयार भएर बस्न आग्रह गरे । ‘०४६ सालपछिका सबै काण्डको छानविन हुन्छ । प्रतिशोध हुँदैन् हिसाब हुन्छ । जतिपनि लघुवित्त सहकारी लगायतका समाधान निकाल्न नसकेर समस्याग्रस्त बनाएर राख्नेहरुलाई भन्छु । रवि लामिछानेलाई थुन्ने काम बाहेक कुनै मानिसले एक रुपैयाँ फिर्ता पायो ? आरोप मलाई लगाऊ तर अब रास्वपाको सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्छ । तयार भएर बस्नुहोला’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्